Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • लागूऔषध कारोबारको आरोपमा हेडक्वाटरका सई पक्राउ

    लागूऔषध कारोबारको आरोपमा हेडक्वाटरका सई पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 3.5K
    SHARES

    काठमाडौँ । लागूऔषध कारोबारमा नेपाल प्रहरीकै एक जुनियर अधिकृतको पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनलायमा दरबन्दी प्रहरी नायब निरीक्षक(सई) पवन श्रेष्ठलाई रहेका छन्।



    लागूऔषध नियन्त्रण ब्यूरोले सई श्रेष्ठलाई सोमबार लागूऔषध कारोबारीसँगको कनेक्सन देखिएपछि नियन्त्रणमा लिएको हो ।



    २०७७ माघ ७ मा ब्राउन सुगर, खैरो हेरोइन, एम्फेटामाइनसहित ब्यूरोले नियन्त्रणम लिएका दीपक राई, सन्दीप राई, केसाङ योल्मु, टासी सन्डुप गुरुङसहितका कारोबारीसँग सई श्रेष्ठको कलडिटेल र म्यासेज आदाना प्रदान भएको देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ । सई श्रेष्ठ लागूऔषध सेवनकर्ता र आपूर्तिकर्ता समेत देखिएको उनको म्यासेजबाट खुलेको प्रहरी स्रोतको दाबी छ ।

    प्रहरी संगठनकै जुनियर अधिकृतको संलग्नता देखिएपछि ब्यूरोले उनलाई जोगाउन खोजेको थियो । तर जोगाउनै नसक्ने भएपछि सोमबार उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिलीप चौधरीले सई श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताए । उनले भने–‘उनी लागूऔषध प्रयोगकर्ता हुन् । तर सप्लाई गरेको भने पुष्टि भएको छैन ।’ ललितपुर हात्तीवनका बासिन्दा श्रेष्ठको घरमा लागूऔषध बरामद नभएको एसएसपी चौधरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार