Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस नेता साउदमाथि ओली समर्थकद्वारा आक्रमण

    कांग्रेस नेता साउदमाथि ओली समर्थकद्वारा आक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    बैतडी । नेपाली कांग्रेसका नेता एपी साउद र डिला संग्रौला सहभागी भएको विरोध सभामा झडप भएको छ ।

    बैतडीको डिलासैनी गाउँपालिका ३ को पङसेरा भन्ने गाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् ।



    विरोधसभामा कांग्रेस नेता, एनपी साउद, डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता थियो ।



    सभा सुरु भएपछि, नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिका सचिव वीरबहादुर बिष्टले जानकारी दिए ।

    प्रेस युनीयनका कैलालीका अध्यक्ष श्रवण देउवाका अनुसार सभा बिथोल्ने नियतले नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार