Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीबाट हिन्दुराज्य घोषणा गर्ने कुरा कल्पना गर्न सकिँदैन : शशांक कोइराला

    ओलीबाट हिन्दुराज्य घोषणा गर्ने कुरा कल्पना गर्न सकिँदैन : शशांक कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले होलिवाइन खान पनि तयार रहेकाले हिन्दुराज्य घोषणा गर्ने कुरा कल्पना गर्न नसकिने बताएका छन् ।

    कोइरालाले हिन्दु राज्य र संघीयताको अन्तिम छिनोफाने गर्ने जिम्मा जनतालाइ दिनुपर्ने बताए ।



    प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले काँग्रेसको महासमिति बैठकले पनि यसअगाडि हिन्दु राज्य भनिसकेको कुरा स्मरण गराउँदै अधिवेशनबाट निर्णय गरेर पार्टी अघि बढ्ने जनाए ।



    ओलीले गरेको संसद विघट विरुद्धको आन्दोलन काँग्रेसले एक्लैले गर्ने महामन्त्री  कोइरालाको भनाइ थियो ।  कम्युनिष्टसँग सहकार्य गरेर सयुक्त आन्दोलन गर्ने पक्षमा काँग्रेस नरहेको उनले स्पष्ट पारे ।

    यो बेला काँग्रेसलाई एकढिक्का बनाएर लैजानुको बिकल्प नरहेको पनि उनले बताए ।

    ओली सरकारले चुनाव नगराउने दाबी गर्दै चुनाब भएमा काँग्रेस चुनाबबाट नभाग्ने महामन्त्री  कोइरालाले बताए ।

    उनले प्रदेश सरकारमा काँग्रेस सहभागी हुने नहुने निर्णय काँग्रेसको केन्द्रीय समिति बैठकले गर्ने भन्दै अविस्वास प्रस्तावकै पक्षमा आफू रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार