Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

    नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालसहित तीन मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस भएका छन्।

    संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका हुन् ।



    नेपाल, बङ्गलादेश र लाओस अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् ।



    स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ ।

    अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार