Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रघुजी पन्तमाथि कोमल वलीको कटाक्ष

    रघुजी पन्तमाथि कोमल वलीको कटाक्ष

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 6.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा ओली पक्षका नेतृ कोमल वली प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तमाथि कटाक्ष पाेखेकी छन्।

    गायिकासमेत रहेकी वलीले शनिवार साँझ ट्वीटरमार्फत पन्त निच भएको खुलेको आरोप लगाएकी थिइन्। आइतवार बिहान वलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन्।



    ट्वीटरमा वलीले लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।’ वलीले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै प्रश्नसमेत गरेकी छन्। उनले भनेकी छिन्, ‘पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ?’



    फेसबुकमार्फत उनले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छन्। ‘पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ। प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो। एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ। समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन्,’ उनले थप भनेकी छिन्, ‘तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो। तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको जस्तो छ। वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ। विवेक हिन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला?’

    अहिले वलीमाथि पन्तको भनाईलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार