Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गीतकार दीपाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

    गीतकार दीपाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 756
    SHARES

    काठमाडौं । गायिका कोमल वलीको परिवारले आमा गीतकार दीपा वलीको स्मृतिमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

    आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहजताका लागि अक्षयकोषको स्थापना गरिएको हो ।



    अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान गरिने छ ।



    एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च ट्रष्टले व्यहोर्ने कोमल वलीले जानकारी दिइन् ।

    त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने वलीले बताइन् ।

    दीपा वली र उनका श्रीमान ललित वलीको नाममा स्थापित दीपा–ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार