Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 7.8K
    SHARES

    काठमाडौ। उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन्।

    जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले न्यायाधीश  पोखरेलकी श्रीमती तुलसा पोखरेललाई  ब्राउनसुगरसहित पक्राउ गरेको हो।



    प्रहरीले उनलाई   तुलसीपुर उपमहानगरपालिका–५ स्थित  घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ। ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन्।



    उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउको पुष्टि गरे। पोखरेललाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।

    नेकपा ओली समूहकी जिल्ला सदस्यसमेत रहेकी तुलसाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले लागूऔषध ब्राउन सुगर बरामद गर्दा  घरमा मै रहेकी उनले  लागुऔषध आफ्नो भएको अस्विकार गरेको स्रोतले वतायो।

    प्रहरीका अनुसार उनी लागूऔषध प्रयोगकर्ता वा कारोबारी के हुन् भन्ने बारे अनुसन्धान भइरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार