Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड–नेपाल समूहको पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्दै

    प्रचण्ड–नेपाल समूहको पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

    सचिवालयको निर्णय अनुसार केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।



    सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपाको दुवै समूह दौडधुपमा छ । सरकार गठनका लागि उनीहरुले आ आफ्नै रणनीति बनाउन थालेका छन् । प्रचण्ड नेपाल समूह नेपाली कांग्रेससित मिलेर सरकार गठन गर्न चाहन्छ । कांग्रेस के गर्ने भन्ने टुंगोमा पुग्न सकेको छैन ।



    नेकपा औपचारिक रुपमा विभिजित नहुँदासम्म उसले निर्णय नगर्ने अडान लिँदै आएको छ । यही फागुन २३ गते संसद बैठक आह्वान गरिएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले रणनीति बनाउने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएपछि उनलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार