Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

    प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह आज निर्वाचन आयोग जाने भएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा अहिले आयोग जाने तयारी भइरहेको सो समूहका केन्द्रीय सदस्यले बताए  ।



    पछिल्लो समय आयोगले नेकपा विवादबारे कुनै निर्णय नगरेपछि आयोग जाने तयारी भएको उक्त समूहले जनाएको छ ।



    बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको प्रचण्ड-माधव समूहले सदस्यहरुको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र सहित आयोगमा जान लागेको हो ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित राजधानीमा रहेका केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो।

    गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा विभाजित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार