Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पर्यटन विकास आयोजनाका सवइन्जिनियर घुस लिएको आरोपमा पक्राउ

    पर्यटन विकास आयोजनाका सवइन्जिनियर घुस लिएको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ परेका छन् ।

    बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।



    आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा लामिछाने कार्यालय परिसरबाटै पक्राउ परेका हुन्।
    पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता रिसालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार