Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ओलीसँग वार्ता गर्नुअघि माधव पक्ष बानेश्वरमा

    ओलीसँग वार्ता गर्नुअघि माधव पक्ष बानेश्वरमा

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ ।

    अध्यक्ष केपी ओलीसँग वार्तामा बस्नुअघि नेकपा एमालेको माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । नयाँ बानेश्वरमा झलनाथ खनाल, माधव नेपालसहितका नेताहरूबीच छलफल भइरहेको छ ।



    स्रोतका अनुसार ओलीसँग वार्ता गर्न चारजना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । वार्तामा को(को जाने भन्ने पनि सोही छलफलबाट तय हुने बताइएको छ ।



    त्यस्तै, संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्दैछन् ।

    पछिल्लो समय पार्टी भित्र आन्तरिक द्वन्द चर्किदै गएपछि पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको ओलीनिकट स्रोतले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार