Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गलत धन्दा लुकाउन प्रहरीसँगको सेटिङमा जगदम्बा स्टिलले स्थानियलाई आतंकित पारेको आरोप

    गलत धन्दा लुकाउन प्रहरीसँगको सेटिङमा जगदम्बा स्टिलले स्थानियलाई आतंकित पारेको आरोप

    प्रशासनको गेटमै नगरप्रमुख पौडेललाई सचेत गराइयो

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.9K
    SHARES

    बारा। जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलमाथि प्रहरीसँगको सेटिङमा जगदम्बा स्टिल उद्योगका गलत धन्दालाई संरक्षण गर्दै आएको आरोप लागेको छ ।

    पौडेलले जगदम्बा स्टिलको प्रभावमा परेर स्थानिय बासिन्दाका मागलाई बेवास्ता गरेपछि  स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै उनलाई रोकेका छन् ।



    आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख सवार  गाडीलाई गेटमै रोकेर विरोध गरेका थिए  ।



    जगदम्बा स्टिल उद्योग र स्थानीयबीच देखिएको समस्या समाधान गर्नका लागि बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालय बारामा जगदम्बा स्टिलका प्रतिनिधि, स्थानीय र सुरक्षाकर्मीबीच छलफल राखेका थिए ।

    तर,जगदम्बा स्टिल उद्योगविरुद्ध स्थानीयले आन्दोलन गर्दा नगरप्रमुख पौडेलले साथ दिएका छैनन।  प्रहरीले आफुलाई कुटपिट गर्दासमेत नगरप्रमुख नआएर अनुहार लुकाएको भन्दै सचेत गराएको स्थानीय बासिन्दाको भनाइ छ  ।

    समस्या पर्दा नगरप्रमुख पौडेल गैरजिम्मेवार बनेका थिए। पौडेलमाथि  भित्रभित्रै जगदम्बाका कर्मचारी र प्रहरी अधिकारीहरुसँग सेटिङ मिलाउन मिटिङ बस्ने गरेको आरोप लागेको छ।

    नगरप्रमुख पौडेलले स्थानीयले जगदम्बा उद्योगविरुद्ध सँगै आन्दोलन गर्न अपेक्षा गरेका र स्थानीय सरकारको प्रमुखले सडकमा उत्रेर आन्दोलन गर्न नसकिने भएपछि स्थानीयले गाडी रोक्न पुगेको बताएका छन् ।

    जगदम्बा स्टिलले सवारी पार्किङ भनेर प्लान्ट निर्माण गरेपछि स्थानियले लगाएको ताल्चा प्रहरीले जर्बजस्ती तोडेको बिरोधमा स्थानीयले जगदम्बामा ताला लगाउन जादा बुधबार झडप भएको थियो ।

    स्थानियको माग पुरा नभएपनि प्रहरीलाई ताला खोलाउन उकस्ने पनि उनै पौडेल थिए।

    गोदाम घरको लागि वडाबाट सहमती लिए पनि मेसिन जडान गरेर जगदम्बा उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गर्दै आएको छ ।

    जगदम्बा उद्योगले प्रहरीसँग सेटिङ मिलाएर स्थानिय बासिन्दालाई पेल्ने काम गरेको एक पीडितले वताए।

    जगदम्बा स्टिलले ध्वनी प्रदुषण गरेको भन्दै स्थानीयले जगदम्बा स्टिलको गोदाममा ताल्चा लगाएका थिए ।

    सहमति विपरित उद्योगले मेसिन चलाउन खोजेपछि स्थानीयले ढुंगाप्रहार गरेक थिए। जसका कारण भएको झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाइते भएका थिए ।

    प्रहरीले उद्योगमा स्थानियले लगाएको ताल्चा खोलेपछि मंगलबार उद्योग संचालन रहेको वडा कार्यालयमा बैठक बसेको थियो ।

    सो बैठकमा हालको लागि ताला खुलेपनि उद्योग संचालन नगर्न सहमती भएको थियो । तर, बुधबार दिउँसो उद्योगको गोदाममा मेसिन चलाउन थालेको अनुभूति स्थानियले गरेपछि ढुंगा हानेका थिए ।

    जगदम्बा स्टिल उद्योगका अध्यक्ष हुन, शंकर ग्रुपका शंकरलाल अग्रवाल। कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवाल पनि जगदम्बा स्टिल उद्योगको उपाध्यक्ष छन्।

    स्रोतका अनुसार प्रहरी, प्रसाशन र नगरप्रमुखसँग जगदम्बा स्टिलका सिइओ आनन्द नेपालले सेटिङ मिलाएपछि स्थानिय बासिन्दामाथि दमन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार