Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घाइते सहचालकलाई कालिगण्डकीमा फालेर फरार भएका ट्याक्टर चालक पक्राउ

    घाइते सहचालकलाई कालिगण्डकीमा फालेर फरार भएका ट्याक्टर चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेर फरार भएका ट्याक्टर चालक पक्राउ परेका छन् ।

    बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई स्याङ्जाको गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् ।



    प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा रुपन्देही वेलहिया नाकाबाट परियारलाई चैत १३ गते पक्राउ गरेको थियो ।



    परियारलाई आज अदालत उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होमिन्द्र बोगटीले बताए।

    चैत ५ गते बालुवा लिएर फर्किँदा सहचालक गणेश गाहा खसेर घाइते भएपछि चालक अमित परियार र सहचालक सुनील रानाले घाइतेलाई नदीमा फालेर फरार भएको प्रहरीको भनाइ छ ।

    सुनील भने चैत ८ गते नै पाल्पाबाट पक्राउ परिसकेका छन् ।उनीहरुविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तो थियो घटनाक्रम
    चैत्र ५ गते राती ८ बजे गल्याङ नगरपालिका–९ पारीचौरस्थित बेलचौर (साँखर कच्ची सडक खण्डमा गल्याङ नगरपालिका–८ बस्ने अमित परियारले साखँर कालिगण्डकी घाटदेखि ढुङ्गा लोड गरी लु अ अ फ १०२० नं. (अस्थायी नं) को ट्याक्टर चलाएका थिए।

    सोही ट्याक्टर दुर्घटनामा पर्‍यो । ट्याक्टरले किची घाइते भएका सहचालक गणेश गाहालाई उपचार गराउन अस्पताल लैजानुको सट्टा ट्याक्टर चालक अमित परियार र अर्का सहचालक सुनिल रानाले घाइते सहचालक गाहालाई नदीमा फालेर बेपत्ता बनाएको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ।

    घाइते गाहालाई ट्याक्टरमा साखँर घाट कालिगण्डकी नदीमा लगेर फालेको सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृत सहितको टोली खटिई खोजतसाल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार