Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा

    जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टी नेपालको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने भएको छ ।

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म वुटवलमा हुन लागेको हो ।



    सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए ।



    सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ ।

    जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार