Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सहकारी ठगीमा मुछिएका रविलाई गृहको जिम्मा दिनु प्रचण्डको लाचारीपन : जनमोर्चा

    सहकारी ठगीमा मुछिएका रविलाई गृहको जिम्मा दिनु प्रचण्डको लाचारीपन : जनमोर्चा

    सरकारलाई दिएको समर्थन फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 996
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकी ‘साम्राज्यवाद’को नीति लागू गर्न गठित पार्टी भएको आरोप लगाउँदै जनमोर्चाले सो पार्टीलाई सरकारमा सामेल गर्नुले देशको राष्ट्रियता झन् कमजोर बन्ने दाबी गरेको छ ।



    सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको जनमोर्चाको ठहर छ ।



    ‘प्रतिगामी दिशा-उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौँ रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ । त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ, विज्ञप्तिमा उल्लेख छ ।

    साथै वक्तव्यमा विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै एमालेको नीतिमा अहिले पनि सुधार नभएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामीनीतिका विरुद्ध नै केन्द्रित रहेको थियो । प्रतिगमनका विरुद्ध गठन भएको पाँचदलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन-उन्मुख राजनीतिक दिशाका कारण नै ऊसँग कुनै पनि स्तरमा तालमेल नगर्नेसमेत नीति अपनाएको थियो । एमालेको प्रतिगमन उन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन। एमालेको नीतिमा कुनै परिवर्तन वा सुधार नभई ऊसँग मिलेर मन्त्रिपरिषद्को गठन गर्ने कार्य सही हुन सक्दैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार