Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संगठन दर्ता गर्न नदिएको भन्दै सिद्धार्थ क्याम्पसमा ताला

    संगठन दर्ता गर्न नदिएको भन्दै सिद्धार्थ क्याम्पसमा ताला

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 483
    SHARES

    बुटवल । राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले बुटवलको सिद्धार्थ क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ ।

    आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता गर्न नदिइएको भन्दै अखिल छैठौंले ताला लगाएको हो ।



    शुक्रबार दिउँसो ३ बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहेपनि २ बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंले बतायो ।



    क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार