Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नागरिकता विधेयकमा जनमोर्चाद्वारा राष्ट्रपतिको मौन समर्थन

    नागरिकता विधेयकमा जनमोर्चाद्वारा राष्ट्रपतिको मौन समर्थन

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 699
    SHARES

    काठमाडौं । पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नगरिएकोप्रति तटस्थ रहने निर्णय गरेको छ ।

    राजमोका अध्यक्ष चित्रबहादुर केसी केसीले एकपटक संसद्बाट पारित भएर गएको विधेयक सन्देशसहित फिर्ता गरेकामा स्वागत गरिए पनि अहिले आफूहरू तटस्थ रहने बताएका छन् ।



    साझा विज्ञप्तिमा गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाको भने हस्ताक्षर छैन । सो पार्टीकी एकमात्र सांसद दुर्गा पौडेलले प्रतिनिधिसभामा विधेयकको विपक्षमा मतदान गरेकी थिइन् ।



    तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अस्वीकार गर्ने निर्णयको विरोधमा निकालिएको विज्ञप्तिमा जनमोर्चा सहभागी भएन ।

    केसीले भने, “गठबन्धनका दल एमसीसीमा पास गर्दा हामी विपक्षमा रह्यौँ । नागरिकता विधेयकमा पनि हामी असहमत भयौँ । तर, गठबन्धन कायम छ ।

    उनले आफ्नो पार्टीले सुरुदेखि नै नागरिकता विधेयकप्रति फरक धारणा राखेको उल्लेख गर्दै अहिले राष्ट्रपतिको कदमबारे बोल्नु आवश्यक नरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार