Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद बैठक: चुरे मधेस–तराई समितिमा पौडेल, विज्ञापन बोर्डको अध्यक्षमा हुमागाई नियुक्त

    मन्त्रिपरिषद बैठक: चुरे मधेस–तराई समितिमा पौडेल, विज्ञापन बोर्डको अध्यक्षमा हुमागाई नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।



    त्यस्तै आजको बैठकले संरक्षण विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्कीसहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको जनाएको छ।



    सरकारले चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि चुरे संरक्षणका लागि विकास समिति गठन गरेको हो।

    त्यस्तै, बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार