Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली पासपोर्टमा देशविदेश घुम्दै हिड्ने एक व्यक्ति प्रकाउ

    नक्कली पासपोर्टमा देशविदेश घुम्दै हिड्ने एक व्यक्ति प्रकाउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। महानगरीय अपराध महाशाखाले नक्कली राहदानी (पासपोर्ट) प्रयोग गरेर देश विदेश आवतजावतगर्ने एक ब्यक्तिलाई प्रकाउ गरेको छ।

    पक्राउ पर्नेमा सुनसरी जिल्ला दुहवि भलुवा न.पा-४ का ४४ बर्षीय महेन्द्र भण्डारी रहेका छन् ।



    महाशाखाको टोलीले आज हिमालयन एयरलायन्सबाट नेपाल आएका भण्डारीलाई आफ्नै नाम र ठेगाना उल्लेख गरी बनाएको ०६०७८२७२ नम्बरको पासपोर्टसहित त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।



    पक्राउ परेका उनले गोरखा जिल्ला धुवाकोट ३ ठेगाना भएका राजु पौडेल नामको पासपोर्ट नं ३३७३२७७ र ०९२८५१९६ को २ वटा पासपोर्टमा आफ्नो फोटो राखेर नक्कली पासपोर्ट बनाई पटक – पटक बिदेश आवतजावत गर्ने गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाले जनाएको छ।

    भण्डारीको साथबाट उक्त नक्कली पासपोर्ट समेत बरामद गरि आबश्‍यक थप कारवाहीका लागी महानगरिय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ ।

    अनुसन्धानमा खुल्न आएका कुराहरु यसप्रकार छन् :
    १, ३३७३२७७ नम्बरको राहदानि प्रयोग गरी सन् २०१५ -५-२४ देखि २०१५-१०-१२ सम्म बिभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३ पटक बिदेश आवत जावत गरेको देखिएको ।
    २, ०९२८५१९६ नम्बरको राहदानि प्रयोग गरी सन् २०१५ -११-२० देखि २०१९-१०-२३ सम्म बिभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३६ पटक बिदेश आवत जावत गरेको देखिएको ।
    ३, पक्राउ परेका भण्डारीले प्रयोग गर्ने गरेको ०६०७८२७२ नम्बरको राहदानि बाट सन् २०१८ -१०-१५ देखि २०२१-१-२४ सम्म बिभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ४ पटक बिदेश आवत जावत गरेको देखिएको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार