Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मोटरसाइकल र ट्याक्सी ठोक्किँदा बालकको मृत्यु

    मोटरसाइकल र ट्याक्सी ठोक्किँदा बालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 1.8K
    SHARES

    दाङ । दाङमा मोटरसाइकल र ट्याक्सी एकापसमा ठोक्किँदा एक बालकको मृत्यु गएको छ । दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन् ।

    मंगलबार साँझ बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा सवार बबई गाउँपालिका ६ मोतिपुर ८ वर्षीय स्पर्श आचार्यको ज्यान गएको हो ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार बालकका बुबा ३९ वर्षीय सुदीप र आमा २८ वर्षीया पार्वती घाइते भएका छन् ।



    घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार