Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 957
    SHARES

    फाइल फोटो

    भक्तपुर । भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।

    बुधबार राति बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको ज्यान गएको हो ।



    पाठकको उपचारका क्रममा मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।



    टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार