Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चितवनका एसपी अधिकारीलाई कोरोना पुष्टि, जनतालाई आफैं सचेत हुन आग्रह

    चितवनका एसपी अधिकारीलाई कोरोना पुष्टि, जनतालाई आफैं सचेत हुन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 2K
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ( एसपी) ओमप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    गत १४ गते कोरोना पुष्टि भएपनि उनी आत्मबलका साथ  क्वाटरमा वसेर जिल्लाको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् । उनले त्यहीबाट मातहतका प्रहरीलाई आदेश र निर्देशन दिने गरेका छन्।  एसपी अधिकारीलाई सामान्य रुघाखोकी र हल्का ज्वरोको समस्या देखिएको छ ।



    हिरासतमा दुई जना थुनुवा संक्रमित देखिएपछी प्रहरीले थुनुवासँग भेटघाट बन्द गर्ने निर्णय गरेको छ।



    जिल्ला प्रहरी कार्यालय चितवन भित्र कार्यरत झण्डै २ सयभन्दा बढी प्रहरीमध्ये एसपी अधिकारी मात्रै अहिलेसम्म संक्रमित पुष्टि भएका अधिकारी हुन् ।

    कोरोना नियन्त्रणका लागि  लकडाउनको प्रभावकारी कार्यन्वयन गर्ने एसपी अधिकारीले वताएका छन् । त्यसका लागि जनता आफैंले सचेत हुनुपर्ने उनको भनाइ छ ।  चितवनमा लकडाउनको आदेश उल्लंघन गर्न खोज्ने झण्डै दुई हजार जतिलाई होल्डिङ सेन्टरमा राखेर सचेत गराएर छाडिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार