Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु, सेनाले व्यवस्थापन गर्नुपर्ने शव परिवारको जिम्मामा !

    ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु, सेनाले व्यवस्थापन गर्नुपर्ने शव परिवारको जिम्मामा !

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    ताप्लेजुङ। ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

    मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । मृतकको आज परिवारका सदस्यले दाहसंस्कार गर्ने भएका छन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका चार जनालाई पिपिइ उपलब्ध गराइने जिल्लाका सीडीओ  पाण्डेले बताए ।



    सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । यसले थप सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार