Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महाकाली अस्पतालमा थप २ सङ्क्रमितको आइसियुमै मृत्यु

    महाकाली अस्पतालमा थप २ सङ्क्रमितको आइसियुमै मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.4K
    SHARES

    कैलाली। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना सङ्क्रमितको आज दिउँसो मृत्यु भएको छ ।

    अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन् । महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।



    अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो ।



    यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष आइसियुमा उपचारका क्रममा आज मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार