Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

    उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरिएको छ।

    यद्यपि लकडाउनमा संक्रमितको संख्या घट्नुको सट्टा झन् बढ्दै गएको छ।



    यसैबीच, काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । आज साँझ सोही बिषयमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौँ, भक्तपुर र ललितपुरका सीडीओहरुको सयुक्त बैठक बस्ने भएको छ।



    जिल्ला प्रशासन कार्यालय काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार बैठक साँझ ६ बजे बस्ने छ। ‘कोरोना संक्रमण दर बढेको बढ्यै छ, सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्, अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ’, पराजुलीले भने।

    हाल काठमाडौं उपत्‍यकालगायत देशभरका ४२ वटा जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार