Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसदहरुको पीसीआर रिपोर्ट : सभामुखको नेगेटिभ

    सांसदहरुको पीसीआर रिपोर्ट : सभामुखको नेगेटिभ

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 3.1K
    SHARES

    काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

    सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सापकोटाको सचिवालयका सबैको रिपोर्ट नेगेटिभ आएको छ।



    यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा सांसदहरु सबैको कोरोना पिसिआर परीक्षण गरिएको थियो।



    परीक्षणमा प्रतिनिधिसभाका चार सदस्यहरु लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीको भने रिपोर्ट पोजेटिभ आएको प्रेस संयोजक न्यौपानेले जानकारी दिए।

    बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार