Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भ्रष्टाचार गरेको पुष्टि भएपछि दुई एसपी र एक इन्स्पेक्टरको ग्रेड घटुवा

    भ्रष्टाचार गरेको पुष्टि भएपछि दुई एसपी र एक इन्स्पेक्टरको ग्रेड घटुवा

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 3.9K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमितताको पुष्टि भएपछि नेपाल प्रहरीका तीन अधिकृतमाथि कारबाहीस्वरुप ग्रेड घटुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई ग्रेड घटुवाको कारबाही गरेको हो । उनीहरुलाई १७ मंसिरमा गृह मन्त्रालयले निलम्बन गरेको थियो ।



    प्रहरी प्रधान कार्यालयका अनुसार एसपी बस्नेत र यादवको पाँच ग्रेड तथा इन्स्पेक्टर चौरसियाको चार ग्रेड घटुवा भएको छ ।



    कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरूले अनियमितता गरेको पाइएपछि गत १७ मंसिरमा गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

    एसपीद्वय यादव र बस्नेत छुट्टाछुट्टै समयमा प्रदेश ट्राफिक कार्यालयको इन्चार्जका रूपमा कार्यरत थिए ।

    कर्णालीको ट्राफिक प्रहरीमा अनियमितता गरेको अभियोगमा निलम्बनमा रहेका एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले कडा कारबाही गरेको हो। अब उनीहरुको बढुवा हुन ६ ७ बर्ष लाग्ने वताइन्छ।

    कर्णालीमा उनीहरुले मातहतसँग रेट नै तोकेर पैसा उठाउने गरेका थिए । छानबिनको क्रममा संगठित भ्रष्टाचार गरेको पुष्टि भएपछि उनीहरुलाई ग्रेड घटुवा गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार