Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • असुलीमा बद्नाम भएपछि सिराहाका एसपी तानिए

    असुलीमा बद्नाम भएपछि सिराहाका एसपी तानिए

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 4K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख सुदीप राजभण्डारी तानिएका छन् । प्रहरीको प्रधान कार्यालयले एसपी राजभण्डारीलाई तीन महिनामै फिर्ता बोलाउने निर्णय गरेको हो ।

    आईजीपी शैलेश थापा क्षेत्री आफैलेले हिजो (मंगलबार) उक्त काज सरुवाको निर्णय गरेको बताइएको छ ।



    स्रोतका अनुसार तीन महिना सिराहाको प्रमुख हुँदा राजभण्डारी विभिन्न विवादमा तानिएको र कार्यक्षमतामा पनि कमजोर देखिएपछि उनलाई फिर्ता गरिएको हो ।



    प्रहरी हेडक्वार्टरले एसपी राजभण्डारीको स्थानमा प्रहरी प्रधान कार्यालयको बजेट शाखामा कार्यरत एसपी हिराबहादुर पाण्डेलाई पठाएको छ भने सिराहाबाट तानिएका एसपी राजभण्डारीको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार