Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जुवा काण्डले कारबाहीमा परेका एसपी गुरुङलाई पुरस्कृत गरी मकवानपुर पठाइयो

    जुवा काण्डले कारबाहीमा परेका एसपी गुरुङलाई पुरस्कृत गरी मकवानपुर पठाइयो

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी )सरुवामा पटक पटक कारवाही भोगेर जिल्लाबाट तानिएका बदनाम अधिकृतहरुले नै अवसर पाएका  छन् ।

    गोरखामा हुँदा गत वर्ष जुवा काण्डले कारबाहीमा परेका एसपी सुरेन्द्र गुरुङलाई मकवानपुर जिल्लाको प्रमुख बनाएर पठाइएको छ ।



    गोरखामा जुवाको पैसा लुकाएको काण्ड लागेपछि उनी तानिएका थिए । तिहारको बेला जुवाडे पक्राउ गरेकोमा खालको पैसा लुकाएका थिए।



    उनै एसपीलाई अहिले पुरस्कृत गरी मकवानपुर पठाइएको छ । मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई १० महिनामै हटाएर गुरुङलाई पठाइएको हो । एसपी राठौर पनि मकवानपुरमा घुस असुलीदेखि काँग्रेस नेताहरुसँग टसल गरेर बिबादमा तानिएका थिए ।

    त्यस्तै, पर्सामा एसपी रमेश बस्नेतलाई पठाइएको छ । उनले यसअघि धनुषाको इन्चार्ज भएर काम गरेका थिए। पटक पटक अबस्र पाउने उनी काँग्रेश नेताहरुलाई चाकडी गरेर अबसर पाएका हुन।

    अर्का पटक पटक कारबाही भोगेका एसपी राजेन्द्रबाबु रेग्मीलाई तनहुँको प्रमुख बनाइएको छ । एसपी सरुवामा गृहमन्त्री बालकृष्ण खाँडबाट आएको सूचीलाई इन्कार गर्न नसक्दा आईजीपी शैलेश थापा क्षेत्री निरीह बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार