Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एसपी नै मुछिए लागूऔषध काण्डमा , मिसिल परिवर्तन गरेर मुद्दा कमजोर बनाएको आशंका

    एसपी नै मुछिए लागूऔषध काण्डमा , मिसिल परिवर्तन गरेर मुद्दा कमजोर बनाएको आशंका

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 3.5K
    SHARES

    जनकपुरधाम। लागूऔषध सम्बन्धी घटनाको मिसिल फेरबदल गरेको काण्डमा  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटमाथि अनुसन्धान सुरू भएको छ। एसपी  रानाभाटलाई प्रहरी प्रधान कार्यालयले तानेर थप अनुसन्धानको तयारी थालेको छ।

    तर,  प्रारम्भिक अनुसन्धानका क्रमले उनले आर्थिक लाभ भने नलिएको देखिएको स्रोतको भनाइ छ।



    रानाभाटले  मुद्दाको मिसिल फेरबदल गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन थालिएको हो।



    उनले के कारणले मिसिल नै परिवर्तन गरे भन्ने बारेमा अनुसन्धान शुरु भएको छ।

    चार महिनाअघि गत फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागुऔषध नाइट्रोजन भ्याट सहित तीन जनालाई पक्राउ गरेको घटनामा एसपी रानाभाटले मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।

    लागूऔषध सहित पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका–२ बस्ने २१ वर्षीय केशव सिंह, २० वर्षीय रोशन ठाकुर र २० वर्षीय सहिल सिंह रहेका थिए ।

    उनीहरुलाई बटेश्वर गाउँपालिका–२ कार्तिक कुम्हर बजारबाट फागुन ८ गते साँझ तीन सय ८० थान ‘नाइट्रोजन भ्याट’ नामक ट्याबलेट र  ज ७ प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको थियो।

    उनीहरुको बारेमा मिसिल नै परिवर्तन गरे उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो।

    छानविन समितिले धनुषा आएर अनुसन्धान प्रक्रिया अगाडि बढाएकोे छ। रानाभाटले आर्थिक लाभ लिएको पुष्टि भएमा कारबाही हुने छानविन समितिका एक अधिकारीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार