Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुटवलका जनप्रतिनिधिको अस्पतालमा शय्या खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु

    बुटवलका जनप्रतिनिधिको अस्पतालमा शय्या खोज्दा खोज्दै एम्बुलेन्समै मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.9K
    SHARES

    रुपन्देही । जिल्लाको बुटवल उपमहानगरपालिका- ७ का वडा सदस्य नवीन थापामगरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

    ७ दिन अगाडि कोरोना पोजेटिभ देखिएका ४४ बर्षीय थापाको गएराती अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको सोही वडाका बिकासजंग बस्नेतले जानकारी दिए।



    बस्नेतका अनुसार कोरोना पोजेटिभ भएको चार दिनपछि अर्थात् तीन दिनअघि अस्पतालमा शय्या आफैँ अस्पताल गएपनि नपाएपछि घरमै अक्सिजन लिएर आएका थिए। हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भएको हो।



    थापाको मृत्यपश्चात् वडा अध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण मृत्यु भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार