Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

    कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव/ जनकपुरधाम। प्रहरीले सिरहामा कटुवा पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको लहान नगरपालिका वडा नम्वर १ कृष्णटोलबाट १ थान कटुवा पेस्तोल र १ थान गोली सहित तीनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



    प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्वर १ बस्ने २५ वर्षीय करण पुर्वे, २२ वर्षीय संजय कुमार महतो र २४ वर्षीय धर्मेन्द्र महतो रहेका छन् ।



    उनीहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    गत बैशाख २८ गते राति जिल्लाको लहान नगरपालिका वडा नम्वर १ कृष्णटोल स्थित ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन, चाँदी सहित चोरी भएको थियो ।

    सोही घटनामा संलगनहरुलाई खोजतलास गर्ने क्रममा विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीे टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार