काठमाडैं। पछिल्लो २४ घण्टामा देशभर थप ७,४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज ७ हजार १३५ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणक कारण १८५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।
Leave a Reply