Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ७,४२५ जना संक्रमित थपिँदा ७,१३५ जना डिस्चार्ज

    ७,४२५ जना संक्रमित थपिँदा ७,१३५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडैं। पछिल्लो २४ घण्टामा देशभर थप ७,४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज ७ हजार १३५ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणक कारण १८५ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।



    हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार