Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल लाइफको मर्मस्पर्सी सचेतनामुलक भिडियो ‘बाँचौ सँगसँगै, बचाऔं सँगसँगै’ (भिडियो सहित)

    नेपाल लाइफको मर्मस्पर्सी सचेतनामुलक भिडियो ‘बाँचौ सँगसँगै, बचाऔं सँगसँगै’ (भिडियो सहित)

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ ।

    आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।



    सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ । पुष्कर महतोको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार