Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सवा १६ खर्बको बजेट अध्यादेशमा राष्ट्रपतिले लगाइन् लालमोहर, ४ बजे भाषण

    सवा १६ खर्बको बजेट अध्यादेशमा राष्ट्रपतिले लगाइन् लालमोहर, ४ बजे भाषण

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अध्यादेशमार्फत ल्याउन लागिएको आर्थिक वर्ष २०७८/७९ को सवा १६ खर्ब रुपैयाँको बजेटमा राष्ट्रपतिले विद्यादेवी भण्डारीले लालमोहर लगाएकी छन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

    दिउँसो ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाएकी हुन्।आज ४ बजे सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नेछन्।



    गत आर्थिक वर्षको भन्दा यसपालीको बजेट डेढ खर्ब रुपैयाँले बढी छ। सरकारले यसपाली कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारका साथै खोपको व्यवस्था गर्न ठूलो बजेट छुट्याएको बुझिएाको छ। केही विकास कार्यक्रमहरु स्थगन गरिएर त्यो बजेट यतातिर लगाउन लागेको हो।



    यसबाहेक सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउँदैछ। निरन्तर चलिरहेको परियोजनाहरुले पनि बजेट पाउँदैछन्। त्यही कारण यसपाली सरकारको बजेट बढेर सवा १६ खर्ब रुपैयाँ पुगेको बताइएको छ ।

    पोहोर सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसपाली सरकारले बजेट ठूलो बनाएसँगै आन्तरिक र बाह्य ऋणका साथै राजस्वको लक्ष्य पनि फराकिलो राखेको छ।

    सरकारले यसपाली राजस्व २१ प्रतिशतले बढ्ने लक्ष्य राखेको छ। पोहोर ८ खर्ब ८९ अर्ब ९२ करोड रुपैयाँ राजस्व लक्ष्य राखेको थियो। वैदेशिक अनुदान ६० अर्ब ५२ करोड रुपैयाँ राखेको थियो। यसबाट अपुग हुने ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँमध्ये २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको थियो।

    यसपाली आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढि उठाइने छ भने वैदेशिक ऋण साढे ३ खर्ब उठाउने लक्ष्य छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार