Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्टिफिकेट धितो राखेर ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण

    सर्टिफिकेट धितो राखेर ५ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी बढीमा ५ प्रतिशत ब्याजमा २५ लाख सम्म ऋण दिने बजेटमा व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २५ लाख सम्म ऋण दिने व्यवस्था गरेको जानकारी गराएका हुन् ।

    त्यसैगरी सरकारले सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको पनि बताए ।



    सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार पनि हुने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ। त्यसैगरी सरकारले आगामी आर्थिक वर्षबाट जेष्ठ नागरिक भत्ता मासि ४ हजार दिने घोषणा गरेको छ । यस अघि उक्त भत्ता २ हजार मात्र थियो । बजेटको आकार करिब १६ खर्ब रुपैयाँको रहेको छ ।



    त्यसैगरी अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

    बजेटमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार