Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजेट २०७८/७९

    २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत र चामल, पिठो, खानेतेल, चिनी र ग्यासमा २० प्रतिशत छुट

    २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत र चामल, पिठो, खानेतेल, चिनी र ग्यासमा २० प्रतिशत छुट

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । घरेलु तथा साना विद्युत उपभोक्ताले उक्त छुट पाउने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत जानकारी गराएका हुन् ।

    त्यसैसरी मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।



    त्यसैगरी सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको छ ।
    बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुराको जानकारी गराएका हुन् ।



    त्यस्तै, निषेधाज्ञामा साझेदारी, सहकारी तथा सबै प्रकारका खानेपानी तथा सिंचाइ उपभोक्ता समिति, लाई निषेधाज्ञा ले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पुरै छुट दिने व्यवस्था मिलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार