Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजेट : २०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन, कृषिमा ४५ अर्ब ९ करोड विनियोजन

    बजेट : २०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन, कृषिमा ४५ अर्ब ९ करोड विनियोजन

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।



    सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।



    सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

    त्यसैगरी सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ भन. आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार