Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ४,३६९ जनामा संक्रमण पुष्टि हुँदा ६,२०५ जना डिस्चार्ज

    ४,३६९ जनामा संक्रमण पुष्टि हुँदा ६,२०५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३,७०२ र १,७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६२०५ पुगेको छ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७,०४७ पुगेको छ।

    यसअघि हिजो ६०८० जना संक्रमणमुक्त  हुँदा ११६ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार