Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अबदेखि विश्वकप क्रिकेटको एकदिवसीयमा १४ र टि-ट्वान्टीमा २० टीमबीच खेल हुने

    अबदेखि विश्वकप क्रिकेटको एकदिवसीयमा १४ र टि-ट्वान्टीमा २० टीमबीच खेल हुने

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ ।

    आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ र टी-ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाउने निर्णय गरेको छ । जसअनुसार आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।



    यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए ।



    यस्तै,आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् ।

    यसैगरी, सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी-ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार