Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट कलाकार एकाराम सिंको निधन

    कोरोनाबाट कलाकार एकाराम सिंको निधन

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । कोरोना संक्रमणका कारण कलाकार एकाराम सिंको निधन भएको छ ।

    गत बैशाख ३१ गते कपनस्थित करूणा अस्पतालको आइसियूमा उपचाररत ५३ वर्षीय सिंको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।



    २०२५ सालमा जन्मिएका एकाराम सिं बाल साहित्य चित्रांकनमा सुपरिचित नाम हो । सैयौं पुस्तकमा चित्रांकनका साथै सांस्कृतिक लेखन समेत गर्दै आएका सिंका तीन बाल साहित्य कृति प्रकाशित छन् । पछिल्लोपटक ‘मूर्ति बनायो, हात गुमायो’ चित्रकथा प्रकाशित भएको थियो ।



    सिंका चित्रकला हालै काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा समेत समावेश थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार