Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेलम्चीको होटलमा फसेकालाई सेनाले गर्यो हेलिकप्टरबाट उद्धार (भिडियो)

    मेलम्चीको होटलमा फसेकालाई सेनाले गर्यो हेलिकप्टरबाट उद्धार (भिडियो)

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.2K
    SHARES

    सिन्धुपाल्चोक। जिल्लाको मेलम्ची बजारस्थित होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हवाई उद्धार गरेको छ ।

    मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । उनीहरु होटलको छतमा पुगेर गुहार माग्दै आएका थिए । उनीहरु बस्दै आएको रोज होटलको तल्लो तला बाढीमा डुबेको थियो ।



    सेनाको टोलीले उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो ।



    यस्तै, जिल्लाकै हेलम्बु गाउँपालिकामा गएरातिको अबिरल वर्षासँगै आएको बाढीका कारण इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।

    जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बेपत्ता ७ जना मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको खुल्न बाँकी रहेको छ।

    हेर्नुहोस कमल पाण्डेको फेसबुकबाट साभार गरिएको यो भिडिओ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार