Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक (तालिकासहित)

    प्रिमियर लिग : नयाँ सिजनको खेल तालिका सार्वजनिक (तालिकासहित)

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

    आज प्रिमियर लिग बोर्डले सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।



    सार्वजनिक तालिका अनुसार लिगको नयाँ सिजन अगस्ट १४ बाट सुरु हुनेछ । जसमा पहिलो दिनमै १० खेलहरु हुनेछ ।



    पहिलो खेलमा गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटीले टोटेनहमसँग उसैको मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । भने म्यानचेस्टर युनाईटेडले लिड्ससँग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

    यस्तै, चेल्सीले आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा खेल्ने छ भने उपाधिको दाबेदार लिभरपुलले आफ्नो पहिलो खेलमा नर्विच सिटीको भ्रमण गर्नेछ।

    यसैगरी, आर्सनलले ब्रेन्टफोर्डसँग खेल्दा लेष्टरले उल्भ्ससँग खेल्नेछ ।

    यता सोही दिन एभर्टनले साउथह्याम्पटनसँग खेल्दा बर्नलीले ब्राइटन, न्युकासलले वेस्ट ह्याम र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने तालिकामा उल्लेख रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार