Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभर बाढी र पहिरो, २७ जना बेपत्ता

    देशभर बाढी र पहिरो, २७ जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोको समस्या देखिएको छ ।

    हालसम्म बाढीबाट एक दर्जन बढी मानिसको ज्यान गएको छ । बाढी र पहिरोबाट १३ जिल्ला बढी प्रभावित छन् । बाढी पहिरोबाट २७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित छन् ।



    सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ । बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको ज्यान गएको छ । बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एक एक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना बेपत्ता भएका छन् ।

    यसैगरी सिन्धुपाल्चोकमा छ जना र स्याङ्जामा पहिरोमा परि एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना समेत गरेर जम्मा ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनाको उद्धार गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ । बाढी, पहिरो र डुबानको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार