Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुरुङ बन्द गर्दा ठूलो क्षतिबाट जोगियो मेलम्ची आयोजना

    सुरुङ बन्द गर्दा ठूलो क्षतिबाट जोगियो मेलम्ची आयोजना

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 4.8K
    SHARES

    सिन्धुपाल्चोक । बाढी आउनु अघि नै सुरुङ गरेका कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपाएको खुलेको छ ।

    सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि लागि मंगलबार विहान ११ बजे सुरुङको गेट बन्द गरिएको थियो । अम्बाथानबाठ खोलाको पानी खोलातर्फ सोझ्याइयो । त्यसको ७ घण्टापछि मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गयो र खोला थुनिन पुग्यो ।



    मेलम्ची आयोजनाको बाँध र बालुवा छान्ने संयन्त्र निर्माणको काम अन्तिम चरणको पुगेको छ । खोला थुनिएको पत्तो नपाएका मजदुरहरु काममै व्यस्त थिए । साँझ ७ बजेतिर एकाएक मेलम्चीमा लेदो माटो, काठ, ढुंगासहित ठूलो बाढी आयो । बाढीले केही श्रमिकलाई बगाएको छ ।
    आयोजनाकाअनुसार अहिलेसम्म चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले आफ्ना तीन कामदार हराएको जानकारी दिएको छ भने हाइड्रोमेकानिकल गेटको काम गरिरहेको भारतीय कम्पनीले पनि ३ जना श्रमिक हराएको जनाएको छ ।



    स्थानीयले आयोजनामा काम गर्ने २ जना श्रमिक पनि सम्पर्कमा नआएको बताएका छन् । त्यसकाआधारमा आयोजनाले ८ जना श्रमिक बेपत्ता भएको ठहर गरेको छ । बुधबार नेपाली सेनाले हेलिकोप्टोमार्फत आयोजनाका ७६ श्रमिकको उद्धार गरेर काठमाडौं र धुलिखेलमा ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार