Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकमा बाढी-पहिरो अपडेट

    मेलम्ची आयोजनामा कार्यरत २ जना चिनियाँ मजदुरको शव फेला, अझै ६ जना बेपत्ता

    मेलम्ची आयोजनामा कार्यरत २ जना चिनियाँ मजदुरको शव फेला, अझै ६ जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.4K
    SHARES

    सिन्धुपाल्चोक । मंगलबार राति मेलम्चीमा आएको बाढीका कारण सम्पर्कविहीन बनेका ८ जना कामदारमध्ये दुईजनाको शव फेला परेको छ ।

    सिन्धुपाल्चोक जिल्लाका सीडीओ अरुण नेपालका अनुसार फेला परेका दुबैजना दुवै चिनियाँ नागरिक रहेका छन् ।



    बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको सीडीओ नेपालले बताए ।



    उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको उनले जानकारी दिए ।

    उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।

    सीडीओ नेपालका अनुसार आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन छन् ।

    हेलम्बु गाउँपालिका- १ आम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली सम्पर्कविहीन भएका थिए ।

    मंगलबार परेको अविरल वर्षाका कारण हेलम्बुको आयोजनाभन्दा माथि पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको संरचनामा क्षति पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार