Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोपा अमेरिकामा ब्राजिल विजयी

    कोपा अमेरिकामा ब्राजिल विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

    ब्राजिलले पेरुलाई ४–० गोलअन्तरले हराएको हो । । ब्राजिलका लागि खेलको ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरे ।



    थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पुर्याए । यसअघि नेयमारलाई लडाएको भन्दै रेफ्रिले ब्राजिललाई पेनाल्टी दिएका थिए । भिडियो एसिस्टेन्ट रेफ्री भीएआरमा हेर्दा पेरुको खेलाडीको गल्ती नदेखिएकाले पेनाल्टीको निर्णय फिर्ता लिएका थिए ।



    जितसँगै समूह ए मा रहेको ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्कविहीन छ ।

    अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डेइजले रातो कार्ड खाँदै बाहिरिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार