Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साफ यू–१५ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

    साफ यू–१५ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 801
    SHARES

    काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र घरेलु टोली बंगलादेश खेल्दैछन् । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो ।

    ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । यस खेलको विजेताले नै उपाधि उचाल्ने छ ।



    नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।



    नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार