Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिरोले नदी थुनेपछि माथिल्लो तामाकोशीको ड्याम खाली गराइयो, सतर्क रहन जिप्रकाको आग्रह

    पहिरोले नदी थुनेपछि माथिल्लो तामाकोशीको ड्याम खाली गराइयो, सतर्क रहन जिप्रकाको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल तिब्बत सिमानामा भारी वर्षा हुँदा गएको पहिरोले नदी थुनिएको सूचना आएपछि माथिल्लो तामाकोशी आयोजनाले ड्याम खाली गराएको छ। दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्ने सक्ने पूर्वानुमान अनुरुप आयोजनाले ड्याम खाली गराएको हो। शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

    शुक्रवार राति जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरेसँगै आयोजनाले सबै पूर्वतयारी गरेको बताइएको छ। आयोजनाका प्रकक्ता डा गणेश न्यौपानेले सूचना प्राप्त हुनसाथ सबै गेट तयारी अवस्थामा राखेको र सुरुङमा पानी पठाउन बन्द गरिएको बताए। उनले भने–‘हिजो जिल्ला प्रशासनले सूचना जारी गरेपछि पानी पठाउन बन्द गर्‍यौ। ड्यामको पानी पनि खाली गर्‍यौं।’



    विहानसम्म नदीको बहाव स्थिर रहेको र बांधस्थलमा सबै स्टाफ अलर्टमा रहेको आयोजनाले जनाएको छ। ठूलोमात्रमा बाढी आएमा करिब एक घण्टाको पानी ड्याममा हाल्न सकिने गरी सबै व्यवस्था गरिएको न्यौपानेले बताए। उनले भने–‘जस्तोसुकै बाढी आए पनि एकडेढ घण्टा तामाकोसीको बाँधले थेग्छ । उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलाशय खाली गरिएको हो ।’



    तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको उनले बताए । ‘तामाकोसीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार